Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

सुनसरी–१ : रास्वपाभन्दा पछाडि हर्क साम्पाङ, कांग्रेस तेस्रो

सुनसरी–१ मा रास्वपाका उमेदवारले सुरुवाती अग्रता बनाएका छन् । रास्वपाका सरिन तामाङले १४२ मत ल्याएका छन् ।

श्रम संस्कृति पार्टीका हर्क साम्पाङले जम्मा ४९ मत ल्याएका छन् । कांग्रेसका सुजेन्द्र गोलेले ४० मत ल्याएका छन् भने राप्रपाका उद्धव श्रेष्ठले ३४ ल्याएका छन् ।

नेकपाका मनोज भट्टराईले १२ र एमालेका टीकाराम लिम्बूले ८ मत मात्र ल्याएका छन् ।