Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

डडेल्धुरामा रास्वपाको अग्रता, काँग्रेस तेस्रो

डडेल्धुरामा रास्वपाले अग्रता बनाएको छ । शुक्रबार शुरु भएको मतगणनामा रास्वपाका तारा प्रसाद जोशीले १०५२ मत प्राप्त गर्दै शुरुवाती अग्रता हासिल गरेका छन् ।

त्यस्तै नेकपाका मानसिंह मालले ५३० र नेपाली काँग्रेसका नैंनसिंह महरले ५०८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका चक्रप्रसाद स्नेहीले ३१६ मत प्राप्त गरेका छन् ।