Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रास्वपाका नेता मतगणना स्थलमै एक्कासी ढले लगत्तै निधन

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी  ११ : ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

हाल उनको शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।