चितवन क्षेत्र-२ मा मतगणना जारी छ ।
अहिलेसम्म १२ हजार १९६ मत गणना सम्पन्न भएको छ। जसमा रास्वपाका सभापति रवि लामिछाने ५४७५ मतसहित अग्रता बढाइरहेका छन् ।
नेकपा एमालेका अस्मिन घिमिरेले २२५१ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी मीना खरेलले २०५३ मतले पछ्याएकी छन् ।
नेकपाका प्रताव गुरुङले भने १५३१ मत ल्याएका छन् ।