सिन्धुलीमा प्रतिनिधिसभा निर्वाचनको मत गणना बिहान ११ बजेबाट गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको सभा हलमा बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत कमल राज विष्टलेका अनुसार जिल्लाको दुवै निर्वाचन क्षेत्रको मतगणना बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सिन्धुली–१ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको भुईतला र मकवानपुर–२ को सोही भवनको दोस्रो तलामा ३÷३ स्थानबाट मतगणना गरिनेछ भने सिन्धुली–१ मा फिक्कल गाउँपालिकाबाट मतगणना सुरु गरिने भएको छ ।
यस्तै क्रमशः गोलञ्जोर गाउँपालिका, तिनपाटन गाउँपालिका, दुधौली नगरपालिका हुँदै अन्तिममा कमलामाई नगरपालिकाको वडा नम्बर ९, १३ र १४ को मतगणना गरिने सर्वदलीय बैठकको निर्णय गरेको अधिकृत विष्टले बताए ।