प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाको जीत लगभग सुनिश्चित भएको छ।
हालसम्म २३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ५ हजार २१६ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा करिब २९ हजार मत खसेकोमा अब करिब ५ हजार मत मात्रै गणना गर्न बाँकी रहेको छ। बाँकी मत संख्या दर्शनाको हालको मतान्तरभन्दा कम भएकाले उनको जीत सुनिश्चित भएको मानिएको छ।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ३ हजार १८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहनराज रेग्मीले ९८४ मत ल्याएका छन्।
मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहे पनि हालको मतपरिणामले काठमाडौं–१ मा रञ्जु दर्शनाको विजय लगभग निश्चित भएको देखिएको छ।