Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

कैलाली–१ म नेपाली कांग्रेसका जनकराज चौधरीलाई अग्रता

कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाएका छन् ।
 
एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९हजार ६१मत खसेको थियो ।