काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रको मतगणना बिहीबार रातिदेखि नै सुरु हुने सम्भावना रहेको छ। मतदान सकिएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित मतगणना स्थलतर्फ लैजाने काम तीव्र रूपमा भइरहेको छ।
निर्वाचन अधिकारीहरूका अनुसार सबै मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलमा पुर्याइएपछि सम्भव भएसम्म बिहीबार रातिबाटै मतगणना सुरु गरिनेछ। मतपेटिका सङ्कलन र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै गणना प्रक्रिया अघि बढाइने जनाइएको छ।
काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना हुने स्थान यस प्रकार छन्-
क्षेत्र नं. १ – सहकारी विभाग
क्षेत्र नं. २ – कागेश्वर मनोहरा नगरपालिका
क्षेत्र नं. ३ – चामुण्डा माध्यमिक विद्यालय, नारायणटार
क्षेत्र नं. ४ – बूढानीलकण्ठ नगरपालिका–२ स्थित ज्येष्ठ नागरिक कार्यालय
क्षेत्र नं. ५ – श्री समाज भवन, टोखा नगरपालिका–५
क्षेत्र नं. ६ – तार्केश्वर नगरपालिका, धर्मस्थली
क्षेत्र नं. ७ – जुडो हल, नयाँबजार
क्षेत्र नं. ८ – जनउद्धार मावि, हरिसिद्धि, काठमाडौं
क्षेत्र नं. ९ – चन्द्रगिरी नगरपालिका, बलम्बु
क्षेत्र नं. १० – त्रिभुवन विश्वविद्यालय स्मृति भवन, कीर्तिपुर
सम्बन्धित निर्वाचन कार्यालयले मतगणना प्रक्रिया पारदर्शी, व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गरिने जनाएको छ।