Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

काठमाडौंमा मतदान गरेर सर्लाही-४ मा पुगे गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर–४ पुगेका छन् ।

थापा हेलिकप्टरमार्फत बिहान ११ः२० बजे सर्लाही पुगेका हुन् । त्यहाँ पुगेपछि उनले विभिन्न मतदान स्थलहरूको अवलोकन गरिरहेका छन् ।

निर्वाचनको अवस्था र मतदान प्रक्रिया बुझ्न थापा विभिन्न केन्द्रमा पुगेर निरीक्षण गरिरहेको छन् ।