Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

धनकुटामा दिउसो २ बजेसम्म ३१ प्रतिशत मतदान

धनकुटामा दिउसो २ बजेसम्म ३१ प्रतिशत मतदान भएको छ ।

जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धनकुटामा दिउसो २ बजेसम्म कुल ३६ हजार ५०६ मत खसेको छ । जसमा १९ हजार ४५ पुरुष र १७ हजार ७६१ महिला रहेका छन् ।

जिल्लामा पुरुह्स ५९ हजार ४८३ र महिला ५८ हजार ९४२ गरि कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन् ।