Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

हर्क साम्पाङले गरे मतदान

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले मतदान गरेका छन् ।

साम्पाङले धरान उपमहानगरपालिका १८ स्थित कारमेल स्कूलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । साम्पाङ सुनसरी-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।


आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् ।