Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

उम्मेदवार नारायणकाजी श्रेष्ठ मतदान गर्न गएनन्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सर्लाही–३ का उम्मेदवार नारायणकाजी श्रेष्ठ गोरखामा मतदान गर्न जान सकेनन्।

श्रेष्ठ गोरखा-२ का मतदाता हुन् । उनको मतदाता नामावली गोरखाको सिरानचोक गाउँपालिकास्थित जौबारीमा रहेको छ । तर उनले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी भने सर्लाही क्षेत्र नम्बर ३ बाट दिएका छन्।

मतदानका लागि सर्लाहीबाट गोरखा पुग्न लामो समय लाग्ने भएकाले उनी मतदान गर्न जान नसकेको उनका स्वकीय सचिव उपदेश यादवले जानकारी दिए।

‘सर्लाहीबाट गोरखा जान ७/८ घण्टा लाग्छ । धेरै टाढा भएकाले उहाँ जानसक्नु भएन ।’ यादवले भने । गोरखा क्षेत्र नम्बर २ बाट नेकपाका लेखनाथ न्यौपाने उम्मेदवार छन्।