Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

अभिनेता विजय बरालले गरे सर्लाहीबाट मतदान

अभिनेता विजय बरालले सर्लाहीबाट मतदान गरेका छन् । सर्लाहीको लालबन्दी-९ स्थित बस्तीपुर केन्द्रबाट प्रतिनिधिसभा निर्वाचनको मतदान गरेका हुन् ।

मतदान गरेपछि अभिनेता बरालले  आजको मतले भोलिको परिवर्तन गर्ने बताएका छन् । उनले भनेका छन्- 'आजको मत, भोलिको परिवर्तन । आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ । मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस् ।'