Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रवि र बालेनले गरे मतदान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । 

रविले  काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका छन् । उनी चितवनमा उम्मेदवार छन् ।

यसैगरी, वरिष्ठ नेता शाहले पनि मतदान गरेका छन् । उनले सिनामंगलस्थित अन्नपूर्ण स्कुलमा मतदान गरेका हुन् ।  मतदानका लागि बालेन लाइनमा बसेका थिए । मतदानपछि उनी आजै आफू उम्मेदवार रहेको झापा-५ जाने कार्यक्रम छ ।