Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

निर्वाचन आयुक्त सगुन शमशेर जबराले गरे मतदान

निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन शमशेर जबराले मतदान गरेका छन् ।

बिहीवार बिहान काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभुत स्वास्थ्य सेवा मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।


मतदान गरिसकेपछि मतदानमा सहभागि हुन सबै मतदातामा उनले अपिल समेत गरे । सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै भयरहित ढंगले निर्वाचन प्रक्रियामा सहभागि हुन सबैमा आग्रह गरे ।


आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दलले प्रतिष्पर्धा गर्दैछन् ।