Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

विष्णु पौडेलले सडक विभाग केन्द्रबाट खसाले पहिलो मत

विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

नेकपा एमालेका तर्फबाट प्रतिस्पर्धामा रहेका पौडेलले बुटवलस्थित सडक विभाग परिसरमा रहेको मतदान केन्द्रबाट बिहान करिब साढे ७ बजे मतदान गरेका हुन् ।

उनको मतदानसँगै रुपन्देही–२ मा प्रमुख उम्मेदवारहरूले मतदान प्रक्रिया सुरु गरेका छन् ।