Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

इरानको नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई बनेका छन् । उनी इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीईका जेठा छोरा हुन् ।

तेहरानस्थित ‘एसेम्बली अफ एक्सपट्र्स’ले ५६ वर्षीय मोजतबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको छ । 

अमेरिका–इजरायलको आक्रमणमा अली खामेनेईको मृत्यु भएपछि मोजतबा नयाँ सर्वोच्च नेता बनेका हुन् । मोजतबालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको समर्थनबाट छानिएको बताइएको छ । 

को हुन् मोजतबा ?

उनी इरानका पूर्वसर्वोच्च नेता अली खामेनेईका जेठा छोरा हुन् । उनी कुनै उच्चपदस्थ धार्मिक नेता होइनन् । उनले कहिल्यै सरकारी पद सम्हालेनन् र शासनमा कुनै औपचारिक हैसियत राखेनन् ।

खामेनेई परिवारका उनी युद्धकालमा जीवित सदस्यमध्ये पर्छन् । उनको परिवारका अन्य सदस्य पत्नी, छोरी, नाति, बुहारी र ज्वाइँको मृत्यु भइसकेको छ ।

मोजतबा खामेनेईको जन्म सन् १९६९ मा मशहद सहरमा भएको थियो । उनका बुबाले शाहविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका बेला उनी हुर्किएका थिए ।