Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

खामेनीको अन्तिम संस्कार तीन दिनसम्म हुने, आज प्राथना सभा हुदै

इरानका दिवंगत सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको अन्तिम संस्कारको तीन दिन लामो समारोह आजदेखि सुरु हुने भएको छ ।

तेहरानको ग्रान्ड मोसल्लाको प्रार्थना हलमा आज राति १० बजे उनका समर्थकहरू भेला भई यो प्राथना समारोहको शुरुवात हुने इरानी समाचार एजेन्सी तस्नीमले जनाएको छ ।

खामेनीको अन्तिम संस्कार सम्बन्धी विवरणहरू अझै छलफलमा रहेको र चाँडै घोषणा गरिने जानकारी पनि सो रिपोर्टमा दिइएको छ ।

गत शनिबार आफ्नै निवासमा देशका उच्च अधिकारीहरुको बैठक गरिरहेका बेला अमेरिका र इजरायलले गरेको आक्रमणमा परेर खामेनीसहित ४० भन्दा बढी उच्च अधिकारीको मृत्यु भएको थियो ।