Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

ओमानको खाडीमा अब कुनै पनि इरानी जहाज छैनन् : अमेरिका

अमेरिकाले ओमानको खाडी क्षेत्रमा हाल कुनै पनि इरानी जहाज नरहेको दाबी गरेको छ । अमेरिकी पक्षका अनुसार दुई दिनअघि उक्त क्षेत्रमा इरानका ११ वटा जहाज सक्रिय थिए, तर अहिले त्यहाँ एक पनि इरानी जहाज बाँकी नरहेको दाबी गरेको हो ।

अमेरिकाले इरानमाथि विगत केही वर्षदेखि यस क्षेत्रमा अन्तर्राष्ट्रिय जहाजलाई दुःख दिने तथा आक्रमण गर्ने गतिविधि गर्दै आएको आरोप लगाएको छ । अब यस्ता गतिविधि सहन नसकिने अमेरिकाले स्पष्ट पारेको छ ।

अमेरिकी सरकारका अनुसार समुद्री मार्गको स्वतन्त्रता पछिल्ला ८० वर्षदेखि विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण रहँदै आएको छ । विश्व व्यापारको ठूलो हिस्सा समुद्री मार्गबाट हुने भएकाले यी मार्ग सुरक्षित र खुला रहनु आवश्यक रहेको अमेरिकाको भनाइ छ ।

ओमानको खाडी क्षेत्र पछिल्लो समय बढ्दो सैन्य तनावका कारण संवेदनशील बन्दै गएको छ ।