Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजी अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्दै

जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका छन् । उनी कांग्रेस सभापति गगनकुमार थापामार्फत पार्टी प्रवेश गर्ने भएकाले ढुंगानासहितका युवाहरू सर्लाही–४ मा पुगेका छन् ।

मिराजले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएका थिए । माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत हुने कार्यक्रम थियो ।

आन्दोलनमा घुसपैठ भएको भन्दै मिराजले सबै जेनजीलाई घर फर्किन आह्वान गरेका थिए । जेनजी आन्दोलनपछि मिराजले नयाँ दल खोल्ने तयारीसमेत गरेका थिए । तर अहिले उनी कांग्रेस प्रवेश गर्न लागेका हुन् ।