Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बालेन शाहमाथि गोली प्रहार भएको भन्दै भ्रामक सूचना फैलाउने युवक पक्राउ

सामाजिक सञ्जाल टिकटकमा झापामा बालेन शाहमाथि गोली प्रहार भनी भ्रामक सूचना फैलाएर समाजमा गलत र नकारात्मक जानकारी प्रवाह गर्ने काम गरेको आरोपमा २३ वर्षका प्रकाश भट्टलाई पक्राउ गरिएको छ ।

प्रहरीले प्रकाश भट्टलाई फागुन १५ गते काठमाडौं महानगरपालिका–५, डबली चोकबाट पक्राउ गरि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।