Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेन्द्र शाहको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छ्न । 

शाहले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन् । उनले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न र अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न सुझाव दिएका छ्न ।

शाहले आफ्नो सन्देशमा नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्न तथा आवश्यक पर्दा तुरुन्तै राजदूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेका छन् । उनले भनेका छन्- 'आधिकारिक सूचना, समाचार तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्। सुरक्षित रहनुहोस्, सजग रहनुहोस् ।'