Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रोल्पाको लिबाङमा नेकपाको आज चुनावी सभा, प्रचण्डले सम्बोधन गर्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज रोल्पाको लिबाङबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।

दिउसो १ बजेदेखि रोल्पा सदरमुकाम लिबाङ टुँडिखेलमा आयोजना हुने चुनावी सभामा प्रचण्डसँगै नेता वर्षमान पुन लगायत पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ । 

रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डले नेकपालाई किन मत दिने भन्ने बारेमा आफ्नो धारणा राख्ने बताइएको छ । सभामा पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्तीमगरलगायत नेताहरूको पनि सम्बोधन रहने जानकारी दिइएको छ ।