Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दमौलीमा रवि लामिछानेमाथि देखाइयो कालो झण्डा

तनहुँको सदरमुकाम दमौलीमा रवि लामिछाने विरुद्ध कालो झण्डा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने पार्टीको सभालाई सम्बोधन गर्न शुक्रबार दमौली पुगेका बेला उक्त प्रदर्शन भएको हो।

प्रदर्शनमा उज्यालो नेपाल पार्टी का कार्यकर्ताहरू संलग्न रहेको जनाइएको छ। पार्टीका नेता कुलमान घिसिङ निकट कार्यकर्ताले मुख्य सडकमा कालो झण्डा देखाउँदै विरोध जनाएका थिए। कालो झण्डा देखाउनुको स्पष्ट कारण भने खुल्न सकेको छैन। सो क्षेत्रका उम्मेदवार मञ्जिल रानाले कालो झण्डा प्रदर्शन पार्टीको आधिकारिक कार्यक्रम नभएको बताएका छन्।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले उज्यालो नेपाल पार्टीका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। यसैबीच, प्रदर्शनमा सहभागी महिला कार्यकर्तामाथि प्रहरीले हातपात गरेको आरोप लगाउँदै विरोधकर्ताहरू दमौलीको मुख्य चोकस्थित जेब्रा क्रसिङमा धर्नामा बसेका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।