राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मगर समुदायको विशेष दिनको अवसरमा सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
शाहले यस दिन आज फागुन १५ ‘राष्ट्रिय मगर दिवस' का अवसरमा आफ्नो फेसबुकमार्फत संसारभर छरिएर रहेका मगर समुदायले उल्लासपूर्वक मनाउन शुभकामना दिएका हुन् ।
उनले नेपाल एकीकरणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मगर समुदायले आफ्नो वीरतामार्फत नेपाली पहिचानलाई विश्वमाझ चिनाएको समेत स्मरण गरे ।
उनले आफ्नो फेसबुकमार्फत लेखेका छन्-
आदिवासी जनजातिमध्ये सबैभन्दा ठूलो समुदायका रूपमा रहेको मगर समुदायले आफ्नो जातीय पहिचानप्रति गौरवपूर्ण स्मरण गर्ने तथा एकता दिवसका रूपमा संसारभर छरिएर रहेका मगर समुदायले उल्लासपूर्वक मनाउने दिन आज फागुन १५ ‘राष्ट्रिय मगर दिवस’।
नेपाल एकीकरणको अभियानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको मगर समुदायले आफ्नो वीरतामार्फत नेपाली पहिचानलाई विश्वमाझ चिनाउन पुर्याएको योगदानदेखि वर्तमानसम्म आइपुग्दा नेपालको राजनीतिक, सामाजिक हरेक आन्दोलन र रूपान्तरणमा खेलेको भूमिका अमूल्य र सम्मानजनक रहेको छ।
न्यायमूलक तथा समतामूलक समाज निर्माणमा मगर समुदायले समयक्रममा निर्वाह गरेको भूमिका ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक छ। आफ्नै मौलिक संस्कार, परम्परा, कला, भेषभूषाको धनी तथा आफ्नो जातीय पहिचान र मौलिकतालाई संरक्षण गर्न उदाहरणीय रूपमा सजग र प्रतिबद्ध मगर समुदायको यस विशेष दिनको अवसरमा सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना, एकताको हार्दिक शुभकामना।