Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

राजकुमार शर्माको प्रदेश सांसद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले राजकुमार शर्माको कर्णाली प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कर्णाली प्रदेश सभा सचिवालयलाई सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । 

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनको सांसद पद यथावत्  रहेको छ ।  तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित भएका शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) मा लागेपछि कारवाहीमा परेका थिए ।