राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर आए पनि त्यसलाई अस्वीकार गरेको बताएका छन् ।
बिहीबार गोरखाको सदरमुकाममा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
उनले चुनावलाई महाभारतसँग तुलना गर्दै कौरव र पाण्डव छुट्याउन समेत आग्रह गरे ।
"संरचना जलेकोमा हामी गौरव गरेका छैनौँ । हिंसालाई रास्वपाले कहिल्यै विश्वास गर्दैन," उनले भने ।
उनले संरचनाहरू जलेकोमा आफूहरूले गौरव नगरेको भन्दै जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेको र पछि संरचनाहरू जलेको समेत बताए ।
"धर्मका नाममा द्वन्द्वको बीउ रोपियो भने त्यसको फल कस्तो हुन्छ, विश्वका धार्मिक युद्ध मच्चिरहेका देशका उदाहरण हेर्नुस्," लामिछानेले भने ।
उनले हरेक जातजाति, धर्म संप्रदायमा विश्वास राख्नेहरूलाई उत्तिकै सम्मान गर्ने सिद्धान्त रहेको पनि बताए ।