Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

धादिङ -१ का स्वतन्त्र उम्मेदवार निरञ्जन संजेलले राजेन्द्र पाण्डेलाई समर्थन गर्ने

धादिङ जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन संजेलले राजेन्द्रप्रसाद पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका छन्।

बुधबार धुनीबेशी नगरपालिका–१, भन्ज्याङ पोखरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को चुनावी सभामा संजेलले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको औपचारिक घोषणा गर्दै पाण्डेलाई समर्थन गर्ने बताएका हुन्। कार्यक्रममा पाण्डे र संजेलबीच आपसी सहमति पत्रमा हस्ताक्षरसमेत भएको जनाइएको छ।

संजेलको समर्थनसँगै धादिङ–१ मा पाण्डेको पक्षमा चुनावी माहोल थप बलियो बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। स्थानीय कार्यकर्ताहरूले यस निर्णयले वामपन्थी मत एकीकृत भई निर्वाचन परिणाममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।