Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

परराष्ट्रमन्त्री शर्मासँग टर्कीका नवनियुक्त गैरआवासीय राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्री बाला नन्द शर्मासँग नेपालका लागि गणतन्त्र टर्कीका नवनियुक्त गैरआवासीय राजदूत अली मुरात एर्सोयले शिष्टाचार भेट गरेका छन्।

बुधबार आज परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र टर्कीबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र गहिरो बनाउने सम्भावनाका विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयले जनाएको छ । 

दुई देशबीचको सहयोग विस्तार गर्ने विषयमा पनि विचार आदान- प्रदान भएको बताइएको छ।