Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मतदातालाई रविको आग्रह- पैसामा भोट नबेच्नू, कसैले दिए लिनू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पैसासँग भविष्य नसाट्न मतदाताहरूलाई आग्रह गरेका छन्।

बुधबार सिरहा-४ मा रास्वपा उम्मेदवार तपेश्वर यादवको चुनावी प्रचारमा पुगेका सभापति लामिछानेले यस्तो‍ आग्रह गरेका हुन्।

'पैसामा आफ्नो भविष्य नबेच्नु होला। कसैले दिएछ भने लिए हुन्छ । किनकी त्यो हाम्रो चोरेको पैसा हो। हाम्रो भविष्य चोरीको पैसा हो । हाम्रो पैसा चोरेर लिएर गएर हामीलाई नै बाँढ्छ भने आफ्नै पैसा लिँदा पाप लाग्दैन,' उनले भने ।

 उनले गलत मान्छेलाई भोट हाल्दा पाप लाग्ने समेत बताए ।