राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन् ।
कोशी प्रदेशको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछाने देशले यस पटक इतिहास लेख्न लागेको भन्दै सबैले निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् ।
‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले भने, ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’
सभापति लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्ष्य गर्दै २० वर्ष सांसद भएको मान्छेलाई बल्ल ज्ञान आएको भन्दै टिप्पणी गरे । ‘२०-२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई । तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला,’ लामिछानेले भने ।
उनले विकास निर्माणका काममा दुई देखि ती सिफ्टमा काम हुने समेत बताए ।