Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रञ्जु दर्शनालाई पुत्रलाभ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं–१ की प्रतिनिधिसभा उम्मेदवार रञ्जु दर्शनलाई पुत्रलाभ भएको छ ।

काठमाडौंस्थित सिभिल अस्पतालमा मंगलबार बिहान उनले छोरालाई जन्म दिएकी हुन् । आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको रास्वपाका केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिएका छन् ।

मंगलबार बिहानै रञ्जुले सामाजिक सञ्जालमार्फत आज आफ्नो जीवनको विशेष दिन रहेको उल्लेख गर्दै भिडियो सन्देश सार्वजनिक गरेकी थिइन् । आठ महिनाको गर्भावस्थामा समेत उनी चुनावी घरदैलो अभियानमा सक्रिय रहेकी थिइन् । पछिल्ला केही दिनयता भने उनको अनुपस्थितिमा रास्वपाले काठमाडौं–१ मा चुनावी अभियान सञ्चालन गरिरहेको छ ।

काठमाडौं–१ मा उनका प्रतिस्पर्धी उम्मेदवारहरूमा नेपाली कांग्रेसका प्रबल थापा, नेकपा एमालेका मोहनराज रेग्मी, नेकपाकी मेनुका भण्डारी (कृतु) तथा राप्रपाका रवीन्द्र मिश्र रहेका छन् ।