नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बनेको बाटोमा हिँड्नेभन्दा पनि आफू नयाँ बाटो खन्ने मान्छे भएको बताए।
दुई तिहाइको पार्टी फुटाउनेहरूले देशलाई कमजोर पारेको बताएका छन्। श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले गरेको संघर्षको स्मरण गरे । ‘सानो ठाउँबाट निर्माण सुरू गरेर एमालेलाई देशको प्रमुख पार्टी र दुई तिहाइ हैसियतको शक्ति बनाइयो । तर, त्यो सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलनलाई कमजोर पारे,' उनले भने ।
उनले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको समेत बताए ।