Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ट्रम्पले इरानलाई दिए १० दिनको अल्टिमेटम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १० दिनको अल्टिमेटम दिएका छन्।

 वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० दिनभित्र आणविक कार्यक्रममा ठोस सम्झौता गर्न अल्टिमेटम दिएका हुन्।

वासिङ्टन डिसीमा आयोजित ‘शान्ति बोर्ड’ को उद्घाटन बैठकलाई सम्बोधन गर्दै उनले इरानको आणविक कार्यक्रमबारे जारी वार्ताका सन्दर्भमा यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भने- 'हामीले अर्थपूर्ण सहमति गर्नैपर्छ, नत्र नराम्रा परिणाम आउन सक्छन् ।' ट्रम्पले विगतका अनुभवले इरानसँग सार्थक सम्झौता गर्न सजिलो नभएको प्रमाणित गरेको पनि उल्लेख गरेका छन् ।

पछिल्ला दिनहरूमा अमेरिकाले पश्चिम एसियामा आफ्नो सैनिक उपस्थिति बढाएको छ । यता, स्विट्जरल्यान्डमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको वार्तामा केही प्रगति भएको समाचारसमेत सार्वजनिक भएको छ । यसैबीच, अमेरिकी संसदका डेमोक्रेटिक दलका सांसदहरू तथा केही रिपब्लिकन नेताहरूले संसदको स्वीकृतिविना इरानमाथि सम्भावित सैनिक कारबाही नगर्न चेतावनी दिएका छन् ।

सम्बोधनका क्रममा ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरले इरानसँग धेरै सकारात्मक बैठकहरू गरेको दाबी गरेका छन् ।