नेपाल लेयर्स संघले अण्डाको मूल्य बढाएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको हो ।
संघले बुधबार (फागुन ६) बाट लागु हुनेगरी ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको संघले छ ।
त्यस्तै, प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा तोकिएको संघले जनाएको छ ।