Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

हलिउडका ओस्कार विजेता अभिनेता रोबेर्ट डुभलको निधन

‍‍हलिउडका दिग्गज तथा ओस्कार विजेता अभिनेता रोबर्ट डुभलको ९५ वर्षको उमेरमा निधन भएको छ। उनकी पत्नी लुसियाना डुवैलका अनुसार आइतबार अमेरिकाको भर्जिनियास्थित मिडलबर्गमा आफ्नै निवासमा अन्तिम सास फेरेका हुन् ।

लुसियानाले भावुक सन्देश जारी गर्दै भनेकी छन्- 'सारका लागि उनी अस्कर विजेता अभिनेता, निर्देशक र कथावाचक थिए, तर मेरा लागि उनी सबैथोक थिए ।' उनका अनुसार डुवैलले प्रत्येक भूमिकामा पूर्ण समर्पण र मानवीय संवेदनाको गहिराइ प्रस्तुत गरेका थिए ।

डुवैलले सन् १९६२ मा रिलिज भएको टू किल अ मोकिंग बर्डबाट फिल्मी करियर सुरु गरेका थिए, जसमा उनले बू र्‍याडलीको भूमिका निभाएका थिए । त्यसपछि उनले दर्जनौं चर्चित फिल्ममा स्मरणीय अभिनय गरे । उनलाई सात पटक अस्करका लागि मनोनयन गरिएको थियो भने सन् १९८३ को टेण्डर मेर्सिजका लागि सर्वश्रेष्ठ अभिनेताको अस्कर जितेका थिए । उनले चारवटा गोल्डेन ग्लोब पुरस्कार पनि जितेका थिए, जसमा लनसम दोभ मिनिसिरिजका लागि प्राप्त सम्मान उल्लेखनीय छ ।

सन् १९७२ मा रिलिज भएको द गड फादरले उनलाई विश्वव्यापी पहिचान दिलायो । निर्देशक फ्रान्सिस फोर्ड कोपोलाले उनलाई टम हेगनको भूमिकामा प्रस्तुत गरेका थिए ।

लामो र बहुआयामिक करियरका धनी डुवैललाई हलिउडका महान चरित्र अभिनेतामध्ये एकका रूपमा सधैं सम्झिने गरिनेछ ।