युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्को पक्राउ परेका छन्।
उनी आइतबार देश छाड्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेको हो ।
गलुशेन्कोलाई गत वर्ष भ्रष्टाचार प्रकरणमा मुछिएपछि पदबाट हटाइएको थियो। त्यतिबेला उनीमाथि करिब १ अर्ब डलर भ्रष्टचार भएको योजनासँग सम्बन्धित रहेको आरोप लागेको थियो।
त्यही समय युक्रेनको ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही अधिकारीहरूले राष्ट्रिय ऊर्जा कम्पनीका ठेकदारहरूसँग मिलेर १० देखि १५ प्रतिशत कमिसन असुल्ने र असुल गरिएको रकम देशबाहिर, केही भाग रूसमा पनि पठाउने गरेको तथ्य सार्वजनिक भएको थियो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले यो प्रकरणले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रशासनमा ठूलो दबाब सिर्जना गरेको थियो।
युक्रेनको भ्रष्टाचारबारे अनुसन्धान गर्ने ब्युरो नाबूले गलुशेन्कोलाई सीमा पार गर्दै गर्दा पक्राउ गरेको जनाएको छ।