Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रुपन्देही-३ का प्रलोपाका उम्मेदवारलाई पार्टीले गर्‍यो निष्कासन

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् । 

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि उनलाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।

उनलाई पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै पार्टीले कारबाही गरेको हो । 

उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएकाले निश्कासन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनको निष्कासनपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने भन्ने विषयमा पार्टीको वैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए ।

pralopa.jpg