नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ४ मा सचिन तिमल्सेनालाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस संसदीय बोर्डले तिमल्सेनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी युथ कांग्रेसको अध्यक्ष र क्रिकेट कमेन्टेटर पनि हुन्।
काठमाडौं ४ कांग्रेस सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएको क्षेत्र हो । थापा यसपटक भने निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही-४ बाट उम्मेदवार हुने भएका छन् ।