Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन् । 

पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए । उनले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आएको छ । 

उनका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन् । चिसो कारण माछाले दाना पनि खान छोडेको उनको भनाइ छ ।

प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आएको छ । अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उनले बताए।