Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रास्वपामा अब दुई महामन्त्री रहने, कुलमान पक्षले पनि दाबी गरेपछि जुटेन सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अब दुई जना महामन्त्री हुने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकतापश्चात पदीय समायोजनका लागि थप पद सिर्जना गर्नुपर्ने भएको हो ।

याे निर्णय आज बसेको केन्द्रीय समिति बैठकले चार पदाधिकारी थप्ने भएकाे हाे । त्यसमध्ये एक उपसभापतिमा कुलमान मनोनीत भइसकेका छन् भने एक महामन्त्री, दुई सहमहामन्त्री र १ सहप्रवक्ता थपिने भएकाे छ ।

स्रोतका अनुसार महामन्त्रीमा बालेनकै टिमबाट राखिने सम्भावना बढी छ । तर, अहिले उज्यालो नेपालले पनि महामन्त्री पदमा दाबी गरेपछि सहमति जुटिसकेको छैन ।