Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रास्वपाको केन्द्रीय सदस्यमा विवेकशील साझाबाट आएका ७ जना मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझाबाट एकता भएर आएका सात जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

रास्वपाको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन पश्चात आज ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

केन्द्रीय सदस्यमा मनोनित हुनेमा समिक्षा वास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।