Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

केन्द्रीय समिति बैठक बस्नुअघि रास्वपाको सचिवालय बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । उक्त बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको  हाे । 

प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ। सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको याे पहिलो सचिवालय बैठक हाे।

लामिछाने पुस ४ गते रिहा भएका हुन् । उनी उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर कारगारबाट रिहा भएका हुन् ।