Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

प्रधानमन्त्री कार्कीका श्रीमान् अस्पताल भर्ना, एक्कासी के भयो ?

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीकाे स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

अस्पतालका एक चिकित्सकका अनुसार, सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाे छ । उनमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम, रिंगटा लाग्नेजस्ता समस्या देखिएको हो । 

यधपी चिकित्सकले अन्य थप समस्या भने खुलाउन चाहेका छैनन् ।