Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

रास्वपाले सोमबार राजनीतिक समायोजन घोषणा सभा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा समायोजना घोषणा गर्न लागेको हो।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। 

त्यस्तै भोलि हुने सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।