नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई नेताबीच च्यासल स्थित एक घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो ।
नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले ओली र प्रचण्डबिच शनिबार नै भेट्ने तय भए पनि प्रचण्ड सङ्खुवासभाबाट काठमाडौँ फर्कन ढिला भएका कारण उक्त भेटवार्टा रोकिएको बताए ।
त्यस्तै एमाले सचिव महेश बस्नेतले दुई नेताबिचकाे भेटमा समसामयिक राजनीतिका साथै आगामी निर्वाचनका चुनावबारे पनि छलफल हुने बताए ।