Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

पार्टी विभाजन नहोस् : सभापति देउवा

केन्द्रीय कार्यसमिति चलिरहँदा निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिएको समूह शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग छलफल गर्न महाराजगञ्जस्थित निवास पुगेको थियो । समूहमा रहेकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । 

संग्रौलाकाअनुसार समूहले आजै (शुक्रबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्ने बताइन् ।

त्यस्तै भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् ।