Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

ट्रम्पलाई दबाब दिन भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले धमाधम अमेरिकी नागरिक पक्राउ गर्न थालेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउँदै गएपछि त्यसको प्रत्युत्तरमा भेनेजुएलाले अमेरिकी नागरिकहरूलाई पक्राउ गर्न थालेको हाे । 

भेनेजुएला सुरक्षा बलले पछिल्ल महिनामा मात्रै कम्तिमा ५ जना अमेरिकी नागरिकहरूलाई  पक्राउ गरेको छ । उक्त पक्राउ पर्नेहरुमाथी केहीमाथि लागुऔषध तस्करीमा संलग्न भएको हुन सक्ने आरोप छ ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार अमेरिकी अधिकारीहरूले ट्रम्पले दबाब नबढाऊन् भनेर भेनेजुएलाले उनीहरूलाई हतियारको रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।

ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार मादुरो सरकारले अमेरिकाविरुद्ध कूटनीतिक दबाब सिर्जना गर्न जानाजानी अमेरिकी नागरिकलाई थुनामा राखिरहेको जनाएकाे छ।