Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

कतारले दियो १३ नेपालीलाई आममाफी, सरकारद्वारा आभार व्यक्त

नेपाल सरकारले कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको प्रति आभार व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको हो । 

नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको माफीको मन्त्रालयले उच्च मूल्याङ्कन गरेको उल्लेख गरेको छ ।