Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एकजना घाइते

दार्चुलाको मार्मा गाउँपालिका३ भसेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ः०० बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१०-०१ च २६०४ नम्बरको जिप भैसे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी मार्मा गाउँपालिका६ का केशवराज जोशीको मृत्यु भएको छ भने सोही जिपका चालक माधव महरा घाइते भएका छन् ।

घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ । चालकसहित दुईजना मात्र सवार जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।